जन सरोकार

नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय वढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १३ प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहनुभएको छ ।

प्रहरीको बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ बमोजिम बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

यस्तो छ सूची –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.