क्रिकेटखेल

आईपीएलमा राजस्थानको रोमाञ्चक जित, चेन्नाई तीन रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ । बुधबार राति भएको खेलमा चेन्नाई सुपर किंग्समाथि तीन रनको रोमाञ्चक जित हात पार्दै तेस्रो जित दर्ता गरेको हो ।

आईपीएल

जारी प्रतियोगितामा चेन्नाईको भने यो भने दोस्रो हार हो । चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको मदतमा ५२ रनको अर्धशतकीयपारी खेले भने देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाए ।

त्यस्तै रविचन्द्रन आश्विन २२ बलमा ३० र शिमरन हेटमायरले १९ बलमा ३० रनमा अविजित रहे । चेन्नाईका लागि तुशार देशपान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २-२ विकेट लिए भने मोईन अलिको भागमा १ विकेट रह्यो ।

१७६ रनको लिएय मैदान उत्रेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनायो । चेन्नाईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रनको अर्धशतकीय पारी खेले भने अजिक्का राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले ३२ र रविन्द्र जडेजा २५ रनमा अविजित रहे ।

अन्तिम ओभरमा जितका लागि चेन्नाइलाई २१ रन आवश्यक थियो । तर कप्तान महेन्द्रसिंह धोनीले २ छक्का प्रहार गरेपनि चेन्नाइले उक्त ओभरमा १७ रन मात्र जोड्न सक्यो र ३ रनले पराजित हुन पुग्यो ।

राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २-२ विकेट लिए भने सन्दीप शर्मा र एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो । जितसँगै चौथो खेलमा तेस्रो जित हात पारेको राजस्थान ६ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ भने चौथो खेलमा ४ अंक जोडेको चेन्नाई पाँचौ स्थानमा रहेको छ ।

 

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.