क्रिकेटखेल

ओमानमाथि नेपालको सानदार जित

नेपाल र ओमानबीच भएको एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले ओमानमाथि ५ विकेटको सानदार जित निकालेको हो ।

ओमानमाथि नेपालको सानदार जित

नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेलेको हो । किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले अविजित रहँदै ११० रनको शतकीय पारी खेले भने ओपनर जतिन्दरसिंह ४२ रन बनाए । त्यस्तै मोहम्मद नदिमले २४ रन बनाई आउट भए भने कश्याप प्रजापतिले १६ रन जोडे ।

नेपालका लागि किशोर महतोले ३ विकेट लिए भने प्रतिश जी.सी र सूर्य तामाङको भागमा समान २-२ विकेट रह्यो । २४७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै क्रमश: ६७, ५८ र ५९ रन बनाए ।

कप्तान रोहित रिटायर्ट हर्ट भएका थिए । यस्तै देव खनाल १० रनमा आउट भए भने कुशल मल्लले ८ रन जोडे । ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए । आगामी मंगलबार देखि सुरु हुने एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा रहेका छन् ।

प्रतियोगिताको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् भने मूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्ने छ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.