जन सरोकार

वर्षको पहिलो सूर्यग्रहण वैशाख ७ गते : नेपालीले बार्नु पर्दैन

भोलि वैशाख ७ गते लाग्ने सूर्यग्रहणको प्रभाव नेपालमा नपर्ने र नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने भएको बार्नु नपर्ने बताइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने जानकारी दिएको हो ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीनवटै सूर्यग्रहण बार्नु पर्दैन । तीनवटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

डा. अधिकारीका अनुसार वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिन्छ । कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.