राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल अन्तर्गत बुधबार भएको खेलमा जावलाखेल, एपिएफ र संकटा क्लब विजयी भएका छन् । च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ६-१ गोल अन्तरले हराएको हो ।
जावलाखेलको जितमा हिसुब थपलिया र एनकोटो मासोबीले २-२ गोल गरे । फोडे फोफाना र अब्दुलाजिज निशोन्बोएभले एक-एक गोल गरे । पुलिसका लागि मोसेज ट्वोमले एक गोल फर्काए । खेलको जावलाखेलले पहिलो हाफमा १ गोल गर्दा बाँकी ५ गोल दोस्रो हाफमा गरेको थियो ।
जितसँगै जावलाखेलले १० खेलमा २० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ५ अंक जोडेको पुछारमा रहेको छ ।
त्यस्तै बुधबारै भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले मछिन्द्र फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
एपीएफको जीतमा अर्मान्ड बेडोमले गोल गरे । उनले खेलको पहिलो हाफमा गरेको एक गोल नै एपीएफका लागि गोल निर्णायक साबित भयो । खेलको ३९औँ मिनेटमा कप्तान नवीन लामाको पासमा अर्मान्डले गोल गरेका हुन् ।
यस जितसँगै एपीएफ १० खेलबाट १४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै पराजित मछिन्द्रले १३ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा झरेको छ ।
त्यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बुधबार नै भएको अर्को खेलमा फ्रेन्ड्सले संकटा क्लबलाई ३-१ ले हराएको छ । खेलको चौंथो मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । तर खेलको नवौं मिनेटमा संकटाका जुनियर एनकेनगुएले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको २५ औं मिनेटमा टोरीक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ भने १५ अंक जोडेको संकटा सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्