निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन
जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउँपालिका अन्तर्गतको सडक अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माणका क्रममा देखिएका कमीकमजोरी तत्काल सुधार गर्दै समयमै गुणस्तरीय निर्माण गर्न निर्माण कम्पनी र संबद्ध आयोजनाका कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
निर्माणका क्रममा जनगुनासो बढे लगत्तै आफ्नो टोली अनुगमनमा आएको भन्दै पौडेलले जनतालाइ कुनै मर्का नपर्ने गरी सम्झौता मुताबिकको काम गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा उक्त सडक खण्डमा आयोजनाद्वारा संचालित क्रसर उधोग सहित, निर्माण सामाग्रीको गुणस्तर, मापदण्ड सहित अन्य प्राबिधिक पक्षहरूको अनुगमन गरिएको थियो ।
अनुगमनमा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, जिल्ला समन्वय समितिका सदस्य सदस्यद्वय राजु अधिकारी र हर्क बहादुर गुरुङ सहित उक्त आयोजनाका निमित्त प्रमुख इन्जिनियर ठाकुर भण्डारी तथा प्राबिधिक तथा कर्मचारी एबम स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्