राजनीति

सुशासन र विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र विकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ : अध्यक्ष लिङ्देन

सोमबार धनगढीमा आयोजित राप्रपाको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिङ्देनले छोटो समय पार्टी सरकारमा बस्दा केही सकारात्मक आयाम छाडेर आएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा भ्रष्टाचारको अन्त्य नभएसम्म युवालाई देशभित्र गरिखाने वातावरण बन्न सक्दैन ।”

उहाँले देश पटकपटक परीक्षणको सिकार भइरहेकाले यस्तो प्रवृत्ति रोक्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको विचारलाई तल्लो तहमा पुर्याएर सङ्गठन बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपाको एजेण्डा देशमा नआउँदासम्म जतिसुकै नयाँ पार्टी आए पनि स्थायित्व नहुने बताउनुभयो । सो पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारमा गएको बेला आफ्नो पार्टीबाट गल्ती नभएको बताउँदै गठबन्धनको संस्कृतिका कारण सोचेजति काम गर्न नसकिएको धारणा व्यक्त गर्नुभयो ।

भेलामा पार्टीका आधारभूत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीतिलगायता बारेमा बहस, छलफल गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.