कला/मनोरन्जनकलिउड

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा गरिएको छ ।

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा

यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुरस्कार राशि जनही रु ५० हजार छ । गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएको तथा औषधि उपचार गर्नबाट वञ्चित भएका सङ्गीतकर्मीलाई दिन सुरु गरिएको ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो । यसको पुरस्कार राशि रु २५ हजार छ ।

यही वैशाख २३ गते आयोजना गरिने विशेष साङ्गीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताउनुभयो । “नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा काम गरिरहेका सङ्गीतकर्मीलाई थप काम गर्ने प्रेरणा मिलोस् भनेर हामी हरेक वर्ष यो सम्मान गर्दै आइरहेका छौँ । आगामी दिनमा यसलाई अझै समयानुकूल बनाउँदै अगाडि बढ्ने छौँ”, गायक आचार्यले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.