जापान टोकियोमा २५६७औं बुद्ध जयन्ती मनाइयो
२५६७औं बुद्ध जयन्तीको अवसरमा नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले टोकियो हातागायामा अवस्थित “गोतामी” बिहारमा बुद्ध जयन्ती मनाएको छ ।
फोरमले बुद्ध, बुद्धको ज्ञान र बुद्धको जन्मस्थल लुम्बिनीको बारे जापानमा पनि चर्चा गर्ने उदेश्यले स्थापनाकाल देखि हरेक वर्ष बुद्ध जयन्ती आयोजना गर्दै आएको छ ।
आयोजक संस्थाका अध्यक्ष बालकृष्ण डंगोलको स्वागत मन्तब्यबाटसुरु गरिएको कार्यक्रममा अध्यक्ष डंगोल र जनजाति महासंघको अध्यक्ष सुकमान तमाङले दीप प्रज्जोलन गरेर शुभारमभ गर्नुभएको थियो ।
संस्थाकी पुर्व अध्यक्ष तथा बुद्ध जयन्ती आयोजनाको निम्ति बिहारसँग समन्वयन गर्नुहुने ज्ञानु खातो मानन्धर र निप्पोनजान म्योहोजी कुदानकी भिक्षु रमा खड्काले पुष्प अर्पण गरी विधिवद बुद्ध जयन्तिको पुजा सुरू गरिएको थियो ।
बिहारको अध्यक्ष भिक्षुले बुद्धको जन्मभूमि नेपालबाट बुद्ध जयन्ती मनाउन सो बिहार रोजेकोमा खुसी हुँदै धन्यवाद दिनुभएको थियो । त्यस क्रममा भिक्षुद्वारा बुद्धको स्लोक उच्चारण गर्नुभएको थियो त्यसैलाई अपस्थित सबैले अनुसरण गरेका थिए ।
समारोहमा उपस्थित आगन्तुकहरूको दिवंगत हुनुभएको आफ्नो आफन्तजनको फोटोमा खादा अर्पण गरी आत्माको चिर शान्तिको कामना पनि गरेको थियो ।
समारोहको अन्त्यमा संस्थाको महा(सचिव शिव तण्डुकारले बुद्ध जयन्तीलाई सफल बनाउन उपस्थित यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने व्यक्तिहरू, अन्य संघ सस्थाको प्रतिनिधिहरू सबैलाई विशेष धन्यवाद दिनुभयो ।
बुद्धजयती मूल पूजा सकिएपछि बुद्ध जयन्तीमा खिर खानुपर्छ भन्ने मान्यता सहित खिरसहितको पसादको व्यवस्था गरिएको थियो
प्रतिक्रिया राख्नुहोस्