राजनीति

भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई एमालेले संरक्षण नगर्ने

नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका कुनै पनि जिम्मेवारीमा रहेका नेताको संरक्षण नगर्ने र अनुसन्धान प्रक्रियालाई सघाउने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग पुर्याउने जानकारी गराउनुभएको हो ।

बैठकमा बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राखेपछि अध्यक्ष ओलीले सो कुरा बताउनुभएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भन्नुभयो– “हामी कानुनी हिसाबले अनुसन्धानमा सहयोग गर्छौँ । तर छानबिनका क्रममा कुनै पनि पूवाग्रह नराखियोस्, छानिबनलाई सहयोग गर्छौँ, छानबिन पारदर्शी र तथ्यपरक हुनुपर्छ, राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ” ।

बैठकमा संसदीय दलका नेता ओलीले बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.