राजनीति

रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको ठहर

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझीले कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर नेकपा एमालेले गरेको छ ।

प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले रायमाझीले विधिपूर्वक कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने पार्टी निर्णय रहेको बताउनुभयो ।

ठगी प्रकरणमा नाम जोडिएर पत्राउ पूर्जी जारी भएपछि पार्टी सचिव रायमाझी हाल फरार हुनुहुन्छ । प्रहरीले मंगलबार भैसेपाटीस्थित उहाँको निवासमा छापामारेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.