राजनीति

टोपबहादुर रायमाझी पार्टी सचिवबाट निलम्बित

नक्कली भूटानी शरणार्थी प्रकरणका मुछिनुभएका नेकपा (एमाले)का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरिको छ ।

अनुसन्धानमा सहयोग पुर्‍याउन अनसन्धान र कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

उक्त प्रकरणमा सचिव रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै महासचिव पोखरेलले भन्नुभएको छ, “हामी विधिको शासनमा विश्वास गर्दछौँ ।”

पक्राउ पुर्जी जारी हुनासाथ राज्यका अनुसन्धान निकायमा उपस्थिति भएर विधिवतरुपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएका पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै अविलम्बन सम्बन्धित निकायमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.