क्रिकेटखेल

आईपीएलमा मुम्बईको सातौं जित, गुजरात २७ रनले पराजित  

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सले सातौं जित निकालेको छ । शुक्रबार राति भएको खेलमा गुजरात टाईटन्सलाई २७ रनले पराजित गर्दै मुम्बईले प्रतियोगितामा सातौं जित निकालेको हो ।

आईपीएलमा मुम्बईको सातौं जित, गुजरात २७ रनले पराजित  

मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो बलिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ४९ बलमा ११ चौका तथा ६ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेले भने इशान किशनले ३१ रन बनाए ।

त्यस्तै कप्तान रोहित शर्मा २९ रन बनाई आउट भए भने विष्णु विनोदले ३० र नेहाल वाधेराले ७ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे । गुजरातका लागि राशिद खानले ४ विकेट लिए । मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रन मात्र बनायो ।

गुजरातका लागि राशिद खानले ७९ रनको अर्धशतकीय परी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै डेबिड मिलरले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए भने विजय शंकरले २९ र राहुल तिवातियाले १४ रन जोडे ।

मुम्बईका लागि अकाश मधवालले ३ विकेट लिए बज्ने कुमार कार्तिक्य र पीयुष चावलाको भागमा समान २-२ विकेट रह्यो । जितसँगै मुम्बईको १२ खेलमा ७ जित र ५ हार सहित १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.