राजनीति
भ्रष्टाचारबिरोधी नागरिक अभियान जारी राख्नुपर्ने
सरकारी सञ्जालले नै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएकाहरुलाई कारबाही थालेपछि आम नागरिक सरकारको यो अभियानमा पूर्ण साथ दिएका छन् ।
सरकारले भ्रष्टाचारका सबै मुद्दाहरुको छानबिन गर्न भ्रष्टाचारी बिरुद्ध कारबाही गर्न खुट्टा नकमाउन नागरिक ऐक्यद्धता गर्दै शनिबार काठमाण्डौको नारायणचौरमा आम जनतासंगै नेताहरुले ऐक्यवद्धता जनाएका छन् ।
नागरिक अभियानमा ऐक्यबद्धता जनाउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा सचेत नागरिकहरूले निरन्तर सडकबाट खबरदारी गरेर सदन र सरकारलाई दबाब दिनसके मात्र लोकतन्त्र बलियो हुन्छ र जनताले सुशासन र समृद्धि हासिल गर्न सक्छन् भन्दै अभियान जारी राख्नुपर्ने सुझाव दिनुभएको ।
प्रतिक्रिया राख्नुहोस्