राजनीति
प्रधानमन्त्रीद्वारा सत्तारुढ दश दलको बैठक आव्हान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न सत्तारुढ १० दलको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उहाँले बताउनुभएको छ ।
सत्ता गठबन्धनको छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने पनि आचार्यले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्