राजनीति

“निष्कर्ष फासफुस पारिन्छ भने समितिको बैठक र अनुसन्धान कर्मकाण्डी मात्रै हुन्छ” : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताउनुभएको छ ।

मङ्गलबार बसेको समितिको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले समितिले निष्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्नु नहुने बताउँदै यसअघिका निष्कर्षहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “वाइडबडी खरिदमा घोटाला भएको भनेर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन ।”

सांसद लामिछानेले भन्नुभयो, “कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ । समितिमा बोल्नका लागि कुनै पनि सदस्यलाई समय छुट्याउनुपर्छ ।”

सांसद लामिछानेले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने भनाइ राख्नुभयो । उहाँले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.