सरकारले उखु किसानलाई दिंदैँ आएको अनुदान समेत नदिएकको भन्दै कपिलवस्तुका उखु किसान काटमाडौंको माइतीघरमा अनशन बसेका छन् । हाल सर्लाहीमा स्थानान्तरण भएको कपिलवस्तुको महालक्ष्मी सुगर मिलले अनुदानको रकम नदिएको हो ।
पटक पटक उक्त अनुदान रकम माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न काठमाडौं आएका उनीहरुले माइतीघरमा अनशन सुरु गरेका हुन् । सुगर्स मिलले आर्थिक वर्ष २०७४।०७५ का लागि सरकारले दिएको किसान अनुदान करमार्फत समायोजन गरे पनि किसानलाई भने दिएको थिएन ।
जिल्लाको शिवनगर, कृष्णनगर, विजयनगर र महाराजगञ्जका विभिन्न गाउँहरुबाट ३१ जना किसान आन्दोलनका लागि काठमाडौं आएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार ५ वर्षदेखि उखु मिलबाट ८ करोड ७९ लाख रुपैयाँ बक्यौता किसानले पाएका छैनन् । किसानको भुक्तानीका लागि मिल मालिक तथा कांग्रेस नेता वीरेन्द्र कनौडियलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ भएन ।
उखु किसानको अनुदान प्राप्तिका लागि किसानहरु यस पटक निर्णायक आन्दोलन गर्ने गरी काठमाडौं आएको र भुक्तानी ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने रआन्दोलनका लागि थप किसानहरु पनि काठमाडौं आउँदै गरेको चौधरीले जनाकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्