जापानमा हुने ‘रमाइलो म्युजिक एक्प्रेस’को तयारी पूरा, आज फुकुओकामा (भिडियोसहित)
पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले आयोजना गर्न लागेको रमाइलो म्युजिक एक्प्रेस सांगीतिक कार्यक्रमको अन्तिम चरणमा पुगेको छ ।
समाजले आइतबार राजधानी टोकियोमा एक पत्रकार सम्मेलन गरी जापानका विभिन्न शहरहरुमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कुलेन्द्र विश्वकर्मा, बिमल राज क्षेत्री, एलिना चौहान र सुस्मिता क्षेत्रीको बेजोड प्रस्तुति हुने भएको छ, कलाकारको टोली आईतबार नै जापान आइपुगेका छन ।
रमाइलो म्युजिक एक्प्रेस नाम दिईएको सांगीतिक कार्यक्रम आज मे २२ तारिख सोमवार फुकुओकामा आयोजना हुँदैछ । यसै गरी यही मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा हुने छ भने जुन ४ तारिख आइतवारलाई र निगातामा कार्यक्रम तय भएको समाजका महासचिव राम बाँस्तोलासँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार सँगै जापान र नेपालको संस्कृति आदानप्रदानमा सहयोग पुर्याउनुका साथै गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी पठनपाठनमा सघाउनु मुख्य उद्देश्य रहेको समाजका अध्यक्ष सुभास लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्