राजनीति
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, वन मन्त्रीमा महतो र राज्यमन्त्रीमा प्रमिला नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोक्नुभएको छ ।
राष्ट्रपति पौडेलले मंगलबार वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी मा जनाइएको छ ।
महतो र प्रमिलाको नियुक्ति सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
विज्ञप्ति-
प्रतिक्रिया राख्नुहोस्