क्रिकेटखेल

नेपालको विश्वकप यात्रामा आईसीसीको गम्भीर षड्यन्त्र, क्यानले काट्यो पत्र

एक दिवसीय वरियतामा १४ औं स्थानमा रहेको नेपाली क्रिकेटको पछिल्लो प्रदर्शनले धेरैको ध्यान तानेको भए पनि नेपाली क्रिकेटको विकासमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) नै बाधक बनेको छ ।

जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा आईसीसीले बनाएको अभ्यास खेल तालिकापछि नेपाली क्रिकेटलाई अघि बढ््न नदिन आईसीसी नै बाधक रहेको र विश्वकपमाा जान नदिन षड्यन्त्र गरेको भन्दै भारतीय मिडियाहरुले समाचार बनाइरहेका छन् ।

मंगलबार सार्वजनिक गरिएको एकदिवसीय क्रिकेटको ग्लोबल क्वालिफायरको खेल तालिका तालिकाअनुसार समूह ‘ए’ मा परेको नेपालले आयोजक जिम्बाबेसँग उद्घाटन खेल खेल्दैछ ।

तर, प्रतियोगिताको प्रतियोगिता पूर्व खेलाइने अभ्यास म्याचको तालिकामा नेपालमाथि आईसीसीको भेदभावपूर्ण व्यवहारले धेरैलाई निराश बनाएको छ । यस विषयमा क्यानले पत्र समेत काटेको छ ।

अभ्यास खेलमा नेपालले युएई र ओमानसंग खेल्ने तालिका बनाएको छ । विश्वकपका ढोकामाा पुगेको नेपाललाई टेस्ट मान्यता प्राप्त दुई राष्ट्रमध्ये एकसंग खेलाउनुको साटो नेपालल पटकपटक धुलो चटाएका देशसंग अभ्यास गराउनु अशोभनीय कुरा हो ।

यस प्रतियोगितामा दुवै समूहमा दुई–दुई टेस्ट राष्ट्र र ३–३ एसोसिएट राष्ट्रहरू सहभागी छन् । नेपालको समूहमा रहेका टेस्ट राष्ट्रहरू जिम्बाबे र वेस्ट इन्डिज हुन् ।

एसोसिएट्स राष्ट्रमा नेदरल्यान्ड्स र अमेरिका छन् । यस्तै समूह बीमा दुई टेस्ट राष्ट्र आयरल्यान्ड र श्रीलंका तथा एसोसियट्स राष्ट्रहरू ओमान स्कटल्यान्ड र यूएई छन् ।

सहभागी सबै टिमहरूले प्रतियोगिता पूर्व दुई–दुई अभ्यास खेल खेल्ने तालिका बनाइएको छ । जसमा समूह एका सबै टिमले समूह बीका दुई टिमसँग र समूह बीका सबै टिमले समूह ए का दुई टिमसँग अभ्यास खेल खेल्छन् ।

यो अभ्यास खेल प्रतियोगतामा सहभागी ५ वटै एसोसिएट्स टिमहरूले टेस्ट राष्ट्रसँग एउटा अभ्यास खेल खेल्न पाउने भए पनि नेपालका लागि त्यो मौका दिइएको छैन ।

आईसीसीले नेपालमाथि ठाडो विभेद गर्दै टेस्ट राष्ट्रसँग अभ्यास खेल्न वञ्चित गराएपछि नेपाल क्रिकेट संघले औपचारिक रुपमा नै प्रतिवाद गरेको छ । क्यानले मंगलबार नै आईसीसीलाई इमेलमार्फत पत्राचार गरेको छ ।

क्यानका प्रवक्ता दुर्गा पाठकले नेपालमाथि अन्याय भएको बताउँदै अभ्यास खेलको तालीकामा पुनर्विचार गर्न आईसीसीलाई इमेल लेखेको बताउनुभयो ।

अरू एसोसिएट्सले टेस्ट राष्ट्रसँग अभ्यास खेल्दा एकदिवसीय वरियतामा नै १४ औं स्थानमा रहेको नेपाललाई वञ्चित गरिनुले असमान व्यवहार झल्किएको पाठकले बताउनुभयो ।

पाठकले नेपाललाई टेस्ट मान्यता राष्ट्रसँग खेल्ने अवसर बारम्बार आउँदैन । त्यसैले कम्तीमा एउटा म्याच टेस्ट राष्ट्रसँग पारिनुपर्छ भन्ने माग राखेको र अझै पनि समय भएकाले आईसीसीले अभ्यास खेलको तालिकामा पुनर्विचार गर्ने विश्वास गरेको बताउनुभयो ।

नेपालको विश्वकप लिग २ मा तेस्रो स्थानमा रहँदै ग्लोबल क्यालिफार्यमा छनोट भएको थियो भने काठमाडौंमा हालै सम्पन्न एसीसी प्रिमियर कप जितेर एसिया कपका लागि पनि छनोट भैसकेको छ । एसिया कपमा नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् ।

विश्वकप ग्लोबल क्वालिफायरको अभ्यास खेलमा आईसीसील नेपाललाई जसरी भेदभावपूर्ण व्यवहार गरेको छ त्यसले क्रिकेटको विकासमा ठूलो बाधा पुग्ने भन्दै भारतीय मिडियाहरुले चर्को आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.