राजनीति

हेर्दाहेर्दैमा राखियो नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।

सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा आज (शुक्रबार) जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ‘हेर्दाहेर्दै’मा राखेको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

सोही प्रकरणमा मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।

सोही रायका आधारमा सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ जना र फरार रहेका १४ गरी ३० जनाविरुद्ध चार वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । सो मुद्दामा आजबाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.