खेलविविध

महिला भलिबलमा नेपाल काजाकस्तानसँग पराजित

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजाकस्तानसँग पराजित भएको छ ।

महिला भलिबल

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजाकस्ताले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ सेट जित्दै काजकस्तान फाइनलमा पुग्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट नेपालले ३०–२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५–१६ को अन्तरले सहजरूपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५–१५ ले जितेको थियो । चौथो सेट काजाकस्ताले २५–१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा काजाकस्ताले १५–७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । अब फाइनलमा काजाकस्ताले भारतसँग खेल्नेछ । पराजित नेपालले अब तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.