हिमालयन ट्राभल मार्ट सम्पन्न
अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २३ गतेदेखि काठमाडौँमा सुरु भएको मार्ट शुक्रबारसम्म सञ्चालन भएको थियो । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।
मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । आयोजक संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । मार्टमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाएका थिए । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताको प्रस्तुति रहेको थियो
कोरोनापछिको पर्यटन पुनःरुत्थान अभियानलाई सहयोग पु¥याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रियरूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले विशेष सत्रसमेत सञ्चालन गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयका सचिव सुरेश अधिकारीले मार्टको समापन गर्दै भव्यरूपमा सञ्चालन भएको मार्टले नेपालको पर्यटन प्रवर््द्धनका साथै समग्र हिमालय क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्