राजनीति
प्रधानमन्त्रीसँग शिक्षक नेताहरूको भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विद्यालय कर्मचारीको जारी आन्दोलनको सम्बोधनबारे मंगलबार शिक्षक नेताहरूको भेटवार्ता भएको छ ।
सो सम्बोधन एवं सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गराउने प्रयत्नअन्तर्गत आज प्रधानमन्त्री दाहालसँग उहाँको कार्यकक्षमा सिंहदरबारमा विचारविमर्श भएको नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न पहल गर्ने बताउनुभयो ।
भेटमा महासङ्घका अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी, एकीकृत अनेशि सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र रेशमीलाल चपाईं हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्