एनआरएनए जापान, कान्तोमा उम्मेदवारी मनोनयन सुरु
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको उमेदवारी मनोनयन जारी रहेको छ । कान्तो क्षेत्रीय समितिको आगामी कार्यकालका लागि उम्मेदवारी अनुप गौतमबाट सुरू भएको छ ।
कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वका लागि आज (जुन २३) उम्मेदवारी मनोनयन तोकिएको छ । कुनै पनि पदको उम्मेदवार दिन योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आज जापानी समय अनुसार दिउसो १२ बजेबाट बेलुका १७ बजेसम्म आफ्नो उम्मेद्वारी दर्ता गराउन पर्नेछ ।
उम्मेदवारहरुको नामावली प्रकाशन २०२३ जुन २३ तारिख बेलुका ७ बजे गरिने र दाबी बिरोध भएमा २०२३ जुन २४ तारिख साझ ८ बजेसम्म उचित कारण र प्रमाण खुलाई लिखित रुपमा दाबि बिरोध पत्र निर्वाचन कमिटीलाई बुझाउनु पर्ने बताइएको छ ।
उम्मेदवारी फिर्ताको समय २०२३ जुन २४ तारिख दिउसो २ बजे सम्मलाई कायम गरिएको छ भने अनलानबाट पनि उम्मेदवारी मनोनयन गर्न सकिने छ । अनलाइन मोनयनका लागि तलका लिंक खोल्नु होला ।
प्रतिक्रिया राख्नुहोस्