कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ : पूर्वप्रम खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा रहेका कम्युनिष्ट पार्टीहरूबीचको एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा समाजवादीका सम्मानित नेता खनालले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक सङ्कट बढ्दै गएको टिप्पणी गर्दै कम्युनिष्टबीचको एकताको आवश्यकता रहेको बताउनुभयो ।
आगामी दिनमा संस्कृतिक सङ्कट निम्तिनेतर्फ सचेत हुन आग्रह गर्दै उहाँले भन्नुभयो, “बितेका तीन/चार वर्षको बीचमा गाउँ–गाउँमा डरलाग्दो ढङ्गले धर्म परिवर्तन र चर्चका भवन बनिरहेका छन्, हाम्रा सामु सांस्कृतिक सङ्कट डरलाग्दो ढङ्गले बढेको छ ।” गाउँगाउँमा चर्चका भवन निर्माण भइरहेकोप्रति जिज्ञासा राख्नै उहाँले भन्नुभयो, “साढे आठ हजार चर्च कसरी बने ? नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनका छैन तर पनि संरचना बनेको बन्यै छन् कसरी ?”
प्रतिक्रिया राख्नुहोस्