सन्दीप लामिछाने प्रकरण : पीडित युवतीलाई क्षतिपूर्ति भराउन आदेश
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेबिरुद्ध बलात्कारको उजुरी दिने पीडित युवतीलाई जिल्ला अदालत काठमाडौंले किशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको सोमबारको एकल इजलासले पीडित राहत कोषबाट पीडित किशोरीलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । आदेशमा किशोरीको माग अनुसार सरकारी कोषबाट क्षतिपूर्ति दिलाउन आदेशमा भनिएको छ ।
पीडित किशोरीको तर्फबाट स्वास्थ उपचार, औषधि खर्च, मनोपरामर्शदातासँगको सुझाव लगायत विषयको खर्च देखाउँदै क्षतिपूर्ति उपलब्ध गराउन माग भएको थियो । अदालतले पीडितले मागेको भन्दा बढी क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
हाल अदालतले आदेश दिएको अन्तरिम क्षतिपूर्ति सरकारी कोषबाट भराउनुपर्ने हुन्छ । आरोपित सन्दीप लामिछानेका कानून व्यवसायीले भने पीडित किशोरीलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गर्दै आएका थिए ।
प्रतिक्रिया राख्नुहोस्