विश्व समाचार
रुसले युक्रेनका ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दिएको राष्ट्रसङ्घको दावी
रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले दावी गरेको छ ।
मङ्गलबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घलेको प्रतिवेदनमा मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको उल्लेख गरिएको हो ।
जेनेभामा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
पत्रकार सम्मेलनमा उहाँलेभन्नु भएको छ, “हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।”
प्रतिक्रिया राख्नुहोस्