राजनीति

उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना

जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले बिहीबार आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।

उहाँको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युष्टि पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो ।

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले बिहीबारै छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्र र १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवलोकन गर्नुभएको थियो । उहाँले शुक्रबार सिचुवान विश्वविद्यालयका पदाधिकारीसँग भेट र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.