एन आर एन न्युज

१७ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए क्षेत्रीय सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन १७ बुँदे घोषणपत्र जारी गर्दै ओमानको राजधानी मस्कटमा सम्पन्न भएको छ ।

“अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार” सम्मेलनको मूल विषय रहेको थियो ।

सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यममा सम्पन्न सम्मेलनमा विशेष अतिथिहरु श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमाननीय शरतसिंह भण्डारी, पूर्व उपप्रधानमन्त्री रघुविर महाशेठ, पूर्व मन्त्री जनार्दन शर्मा, कृष्णकुमार श्रेष्ठ, बहराईन, ओमान, कतार, साउदी अरबका राजदुतहरु, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरु सहित करिब २ सय ५० जनाको उपस्थिति रहेको थियो ।

मस्कट घोषणापत्र

१. गैरआवासीय नेपाली संघले उठाउँदै आएको वैदेशिक रोजगारीको क्रममाकार्यरत श्रमिक र स्वरोजगारलाई योगदानमाआधारीत सामाजिक सुरक्षामा समेट्ने नेपाल सरकारको निर्णयलाई यो सम्मेलनले सम्मानको साथहार्दिक स्वागतगर्दछ । वैदेशिक रोजगार बिभागले श्रम स्वीकृतिजारी गर्ने वेलामा नै वैदेशिक रोजगारीमाआउने नेपालीश्रमिकलाई सामाकि सुरक्षाकोषमा आबद्ध गरिसकेकोले यसलाई निरन्तरतागर्न सुचिकृत सवै श्रमिकलाई हार्दिक आब्हानगर्दछ । यो कोषमा नेपालीश्रमिकलाई अबद्धता गराउने भुमिकानिर्वाह गर्न एनआरएन प्रतिबद्धता गर्दछ ।

२. यो सम्मलेनले लामो समयदेखि विदेशमाकार्यरत नेपालीश्रमिकको श्रम नविकरण गर्ने बेलामा सामाजिक सुरक्षाकोषमाअनिवार्य सुचिकृत गरी अविलम्ब नेपालीदूतावास र स्थानीय तहबाट श्रमिकतथाउनीहरुका परिवार मार्फत नै कोषमा योगदानगर्न मिल्ने ब्यवस्थामिलाउनश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयलाई हार्दिक अनुरोध गर्दछ । साथै, बिदेशमाकार्यरत नेपालीश्रमिकको परिवारले सामाजिक सुरक्षाकोषमा आबद्ध भएनभएको ध्यान पु¥याउन परिवार समक्षआग्रहगर्दछ ।

३. विदेशमाकार्यरत नेपालीश्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित प्रत्याभुति गर्न थप प्रभावकारी कार्यक्रमल्याउन यो सम्मेलन सामाजिक सुरक्षाकोषलाई हार्दिक अनुरोध गर्दछ ।

४. यो सम्मेलनले इराकमाकार्यरत नेपालीश्रमिकलाई श्रम स्वीकृतिको दायराभित्र ल्याउन नेपाल सरकारसमक्ष आग्रहगर्दछ । साथै, बिभिन्न कारणवस श्रम स्वीकृतिनलिई खाडी क्षेत्रमा रहेको अवसर प्राप्त गरी कार्यरत नेपालीश्रमिकलाई श्रम स्वीकृतिदिन नेपाल सरकारसमक्षआग्रहगर्दछ ।

५. खाडी क्षेत्रमाकार्यरत नेपाली श्रमिकको एमआरपी राहदानीको अबधी समाप्तभई विद्युतीय राहदानी वनाउने क्रममा श्रमिकलाई ठुलो समस्या देखिएको छ । यसलाई तुरुन्त समाधान गर्न नेपाली दूतावास र महाबाणिज्य दूतको कार्यालयलाई आवश्यक जनशक्ति, श्रोत र साधानउपलब्ध गराई अधिकतम घुम्ती शिविर सञ्चालन गराउने ब्यवस्थामिलाउन नेपाल सरकार समक्षहार्दिक अनुरोध गर्दछ । यो शिविर सञ्चालनमा सहयोगीभुमिकानिर्वाह गर्न एनआरएन प्रतिबद्धता जनाउदछ ।

६. यो सम्मेलनले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपालीश्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध गराउदै आएको आर्थिक साहयताकम्तीमा १५ लाख रुपैया उपलब्ध गराउने ब्यबस्थामिलाउन सरकारसमक्ष अनुरोध गर्दछ । साथै, श्रम स्वीकृतिनलिई वाश्रम स्वीकृतिको अबधी समाप्तभई मृत्यु भएकाश्रमिकका परिवारले बोर्डबाट उपलब्ध राहत रकमनपाएकोप्रति यो सम्मेलनगम्भिर ध्यानाकर्षण जनाउदै त्यस्ताप्रकृतिकाश्रमिकका परिवारलाई अर्थमन्त्रालयबाट उचित राहत रकमउपलब्ध गराउने ब्यवस्थामिलाउन सरकारसमक्षमागगर्दछ ।वोर्डमार्फत जेलमारहेका नेपालीश्रमिकको लागिउपलब्ध गराइनेकानुनी सेवालाई प्रभावकारी वनाउनविद्यमानकार्यबिधिलाई शंशोधनगर्न यो सम्मेलनआग्रहगर्दछ ।

७. खाडीको सबैभन्दा ठुलो समस्या रहेको घरेलु श्रमिकलाई सधै कानुनी बाटो बाहिर राखिराख्नु हुदैन । दोश्रो बाटो भएर घरेलु श्रमिकको ओसारप्रसार भइरहेको हुदायसलाई ब्यवस्थीतगर्नु आवश्यकभइसकेको छ । घरेलु श्रमिकको सुरक्षाको सुनिश्चितहुने गरी वलियो श्रम सम्झौता गरी न्यायोचितभर्ना प्रक्रिया अगाडि बढाउन सरकारसमक्षआग्रहगर्दछ ।

८.गैरआवासीय नेपाली संघले स्थापना गरेको एकसयमिलियनडलरको सामुहिक लगानी कोषमा मध्यपुर्वमा कार्यरत नेपालीलाई अभिप्रेरित गर्न अनुरोध गर्दछ । साथै संघले विदेशमाकार्यरत नेपालीश्रमिकको कल्याणकारी कार्यको लागिवनाइएको वैदेशिक रोजगार कोषमा रेमिट्यान्स पठाउदा रेमिट्यान्स कम्पनीले प्राप्तगर्ने कमिसनको दुई पैसा जम्मागर्न राष्ट्र बैकसमक्षआग्रहगर्दछ ।

९. निर्वाचनआयोगले प्रवासमा रहेका नेपालीहरुलाई आगामीनिर्वाचनमामतदानमाभागलिनपाउने गरि विदेशस्थित नेपालीदुतवास मार्फत मतदातानामावली संकलनगर्न शुरु गर्ने निर्णयको यो सम्मेलन स्वागतगर्दछ । साथै यथासिघ्र प्रवासबाट नै मतदानदिने ब्यवस्थामिलाउन सरकारसमक्षजोडदार मागगर्दछ ।

१०. नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिकअधिकार सहितको ‘गैरआवासीय नेपालीनागरिकता’प्राप्तगर्ने मार्ग प्रशस्तगरिएको प्रतिनेपाल सरकार समक्षहार्दिक आभार व्यक्तसहितयसलाई यथाशक्य छिटो कार्यान्वयनमाल्याउननेपाल सरकारलाई आग्रहगर्दछ । संघले स्थापनाकालदेखि उठाउदै आएको एकपटकको नेपाली सधैको नेपाली रहने गरी नेपालीनागरिकताको निरन्तरताको लागि सरकारसमक्षआग्रहगर्दछ ।

११. गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनबाट उत्पन्न फरक परिस्थितिलाई समाधानगर्नकालागि सम्माननीयप्रधानमन्त्रीपुष्पकमलदाहालज्यू समक्षभएको समझदारीलाई पूर्ण कार्यान्वयनगर्न प्रतिबद्ध रहँदै सम्बन्धित सबैलाई एकताको मुलमर्मलाई आत्मसातगर्दै एकजुट भई अघि बढ्न यो सम्मेलनआवहनगर्दछ ।

१२.प्रवासमा रहेकानेपालीबाट बैधानिक माध्यमबाट मुलुकमाविप्रेषण पठाउनको लागिप्रोत्साहनगर्न आकर्षक सुबिधाहरु दिने सहितकार्यक्रमहरु ल्याउननेपाल सरकार समक्षहार्दिक अनुरोध गर्दछ ।

१३. लामो समयदेखि खाडी क्षेत्रमाकार्यरत नेपालीश्रमिकले सिकेको सीपको बिकास, पुजीको संरक्षण गर्दै स्वदेशमा नै स्थापितहुने कार्यक्रमहरु ल्याउन संघीय, प्रदेश र स्थानीयतहको सरकारलाई यो सम्मेलनहार्दिक अनुरोध गर्दछ । सीपयुक्तजनशक्तिउत्पादनतथाउद्यमशीलताविकासको लागि गैरआवासीय नेपाली संघ सँगको सहकार्यमा सातै प्रदेशमाव्यवसायीकतालिम केन्द्रहरू स्थापनागर्न नेपाल सरकारसँग यो सम्मेलनआग्रहगर्दछ । यस्ता तालिम केन्द्रहरुको बिकासको लागिगन्तब्य देशका सरकारहरुलाई समेत सहभागी गराउनआग्रहगर्दछ ।

१४. नेपालको पर्यटन व्यवसायलाई प्रर्वधनगर्नको लागिविदेशस्थित कुटनीतिक नियोग, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र अन्तर्राष्ट्रिय समुदायको सहयोगमा नेपालमापर्यटकको संख्यालाई वृद्धि गर्न गैरआवासीय नेपाली संघले अभियानसञ्चालनगर्ने प्रतिबद्धता व्यक्तगर्दछ ।

१५. साना सानो रकम रेमिट्यान्स पठाउने श्रमिकको रकम बचत तथात्यसलाई उत्पादकमूलक क्षेत्रमालगानीगर्न सामूहिकलगानीको लागिप्राधिकरण गठन गर्न आग्रहगर्दछ । प्राधिकरणमा रेमिट्यान्स पठाउनेले १० प्रतिशतलगानीगर्ने र त्यसमा २ प्रतिशत रकम सरकारले प्रोत्साहन स्वरूपलगानीगर्न आग्रहगर्दछ ।

१६. यो सम्मेलनदुई बर्षको अबधीको सट्टाएकसय ८२ दिनलाई एनआरएनहुने योग्यताकायमगर्न सरकार समक्षमागगर्दछ ।

१७. सामाजिक सुरक्षाकोषमा समाहितभएकाश्रमिकहरुकाहकहितकालागि स्थापनागरिएको सामाजिक सुरक्षाकोषमा नेपाल सरकार संग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले तत्कालै रु एक करोडको राशी सामाजिक सुरक्षाकोष राख्ने प्रतिवद्धता जाहेर गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.