क्रिकेटखेल

नेपालद्वारा युएई ३ विकेटले पराजित 

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा नेपाल विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ३ विकेटले पराजित गरेको हो  ।

नेपाल

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८१ रनको योगफल बनायो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए भने रोहन मुस्तफालले ३५ रन बनाए ।

त्यस्तै बसिल हमिदले २९ रन जोड्दा, आर्यांश शर्र्माले २८  सञ्चित शर्माले १२ ररमिज शाहजादले १० रन बनाए । नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान ३-३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीको समान १-१ विकेट लिए ।

युएईले दिएको १८२ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा ४३ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ७९ रनको अर्धशतकीय पारी खेले भने कुशल भुर्तेलले ३५ रन बनाए । त्यस्तै सन्दीप लामिछाने २३ रनमा अविजित रहँदा ज्ञानेन्द्र मल्लले १३ र गुलसन झाले १२ रन जोडे ।

युएईका लागि मुहम्मद जवादुल्लाहले ३ विकेट लिए भने रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरको भागमा समान १-१ विकेट रह्यो । जितसंगै नेपालले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोली युएईले नवौं स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.