क्रिकेटखेल

आइसीसी विश्वकप छनोटको सातौ स्थानको लागि नेपाल र आयरल्यान्ड भिड्दै  

जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौ स्थानका लागि नेपाल र आयरल्यान्ड भिड्दै छन्  । सुपर सिक्समा पुग्न असफल यी दुई राष्ट्र आज (मंगलबार) सातौ स्थानको लागि खेल्न लागेका हुन् ।

नेपाल र आयरल्यान्डबीचको खेल जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ । आयरल्यान्डसँग नेपालको यो पहिलो एदिवासिया खेल हो । आयरल्यान्ड टेस्ट मान्यता प्राप्त मुलुक हो ।

नेपाल आयरल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा रहेको छ भने आयरल्यान्ड पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ । सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने पहिलो सेमिफाइनलमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो भने आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह ‘बी’ बाट सुपर सिक्स पुग्न सकेको थिएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.