खेलविविध

गण्डकीमा प्रदेशस्तरीय तीन दिने तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न

प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा आयोजित एवं नेपाल तेक्वान्दो सङ्घ गण्डकीको व्यवस्थापनमा तीन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।

तेक्वान्दो प्रशिक्षक प्रशिक्षण

कोरियन प्रशिक्षक योङदल कोनको प्रशिक्षणमा सञ्चालित तालिममा गण्डकी प्रदेशअन्तर्गत सातवटा जिल्लाका ४३ जना प्रशिक्षक सहभागी थिए । प्रशिक्षणको समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुदका प्रतियोगितालाई वृद्धि गरी अतिसूक्ष्म तवरबाट हरेक क्षेत्रमा फैलाउने उद्देश्य राखिएको बताउनुभयो ।

परिषद्ले जुनियर प्रतियोगिता सञ्चालनार्थ रु ७५ लाख बराबरको बजेट विनियोजन गरेको बताउँदै उहाँले यस क्षेत्रमा खेलकुदका गतिविधिलाई अझै तीव्र प्रतिस्पर्धी बनाएर लैजाने बताउनुभयो । नेपाल तेक्वान्दो सङ्घ गण्डकीका अध्यक्ष जगनबहादुर गुरुङले प्रशिक्षणमा प्राप्त ज्ञानलाई व्यवहारिकरुपमा उतार्न सक्नुपर्नेमा जोड दिनुभयो ।

तालिमका सहभागी प्रशिक्षकलाई सदस्य सचिव शर्मा, कार्यकारी सदस्य ऋषिराम गौतम, नेपाल तेक्वान्दो सङ्घ गण्डकीका अध्यक्ष जगनबहादुर गुरुङ, महासचिव रमेश पौडेललगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । तेक्वान्दो खेललाई थप व्यवस्थित एवं प्रतिस्पर्धी बनाउ प्रशिक्षक प्रशिक्षण तालिम उपयोगी बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.