राजनीति

स्पष्टीकरण नदिने अडानमा रहेका महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको छ ।

पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ । महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिनुभएको थियो ।

पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोध्नुभएको हो ।

यसअघि गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई तीन दिनको समय राखेर दोस्रो स्पष्टीकरण सोधिएको हो ।

महानिर्देशक अधिकारीलाई पहिलो स्पष्टीकरणमा ९ बुँदे प्रश्न सोधिएको थियो । दोस्रो स्पष्टीकरणको तीन दिनभित्र जवाफ नआएमा कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.