पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिंचाई हुने खेतमा रोपाइँ भए पनि सिंचाई नपुगेका क्षेत्रमा भने अझै पानीपर्ने आशामा किसानहरु बसिरहेका छन् ।
![मार्सी धान रोपाइँ मार्सी धान रोपाइँ](https://www.nepaljapan.com/wp-content/uploads/2023/06/ropai-e1686271741434.jpg)
महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले महानगरभित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको जानकारी दिनुभयो ।
पोखराको फेवातालको सिरान पामे, अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका खराने, सिसुवा, पटनेरी, गगनगौँडा, बेलबुटे, मालमूल, सुरौदीलगायतका स्थानमा रोपाइँ सकिएको छ ।
पर्याप्त पानी नपरेका कारण राम्रोसँग मूल नफुट्दा तारकाङ, कालिका, माझठाना, आँगेटारी, खुर्वादी, अम्टारी, हिलेपोखरीलगायत स्थानका टारी खेतमा अझै अपेक्षित रोपाइँ हुन नसकेको कृषक बताउँछन् ।
पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ कृषकलाई वितरण गरेको गरेको थियो । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ वितरण गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्