कर्पोरेट/पर्यटन

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, सबै यात्रु मेक्सिकन

मंगबार विहान सोलुखुम्बुबाट पाँच विदेशी यात्रु बोकेर काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

चालकसहित ६ जना उडेको सो हेलिकोप्टर लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, ‘‘च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् ।’’ हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाउनुभएको थियो ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

सो हेलिकोप्टरमा सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक थिए ।

हेलिकोप्टरमा सवार म्याक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.