राजनीति

हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनेप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले उक्त हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएकाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र पाँच म्याक्सिकोका नागरिकको ज्यान गएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.