जन सरोकार

वीरगञ्जबाट १५ केजी चरेशसहित दुईजना नियन्त्रणमा

सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् ।

उनीहरुलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्याङकीमा चसेस लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.