जन सरोकार
ललिता निवास जग्गा प्रकरणमा थप एक पक्राउ
ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार थप एक जनालाई पक्राउ गरेको छ ।
![Lalita Niwas](https://www.nepaljapan.com/wp-content/uploads/2023/06/Lalita-Niwas-e1687920313412.jpg)
पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पौडेललार्ई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सिआइबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्