क्रिकेटखेल

एसिया कप : उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने

खेल तालिका सार्वजनिक

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

एसीयन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

एसिया कप

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.