हरेक वर्षायाममा महानगरलाई फोहरको सास्ती
स्थानीयको अवरोध प्रयासकाबीच प्रहरी परिचालन गरेर फोहर विसर्जनका लागि महानगरका गाडी बञ्चरेडाँडामा
हरेक वर्षको वर्षायाम सुरु भएपछि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने अन्तिम स्थल बञ्चरेडाँडा र आसपासका बासिन्दाहरु अबरोध गर्दछन् । यसपटक पनि यस्तै भएको छ ।
![Scorting](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/Scorting-e1689937296546.jpg)
अघिल्लो वर्ष स्थानीय तहको निर्वाचन लगत्तै फोहरको राजनीतिले निकै उग्ररुप लिएको थियो । विस्तारै समस्या समाधान हुँदै आएकोमा केही दिनयता स्थानीयको अवरोधपछि उपत्यकाको फोहर विसर्जन हुन सकेको थिएनन ।
यसबीच काठमाडौं उपत्यकाको फोहोर प्रहरी परिचालन गरेर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिरहेको छ । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि सय बढी प्रहरी परिचालन गरिएको छ ।
अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताएका छन्। तर, स्थानीयले धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा अवरोधको प्रयास गरिरहेका छन्।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।
प्रतिक्रिया राख्नुहोस्