राजनीति

पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताउनुभएको छ ।

रमेश लेखक

नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा शुक्रबार उहाँले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताउनुभयो ।

“आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ”, नेता लेखकले भन्नुभयो, “यहाँको उद्योग, व्यापार, पर्यटन विकासका लागि पनि यसको आवश्यकता छ ।” चुनावी प्रतिबद्धता स्मरण गर्दै नेता लेखकले सुक्खा बन्दरगाह बनाउने कुराको आशङ्का नगर्न आग्रह गर्नुभयो ।

दोधारा चादँनी सुक्खा बन्दरगाहको काम अघि बढेको बताउँदै उहाँले तीन वर्षभित्र स्थापना हुनेमा विश्वस्त रहन आग्रहसमेत गर्नुभयो । “प्रधानमन्त्री ज्यूको भारत भ्रमणका बेला भारतकै लगानीमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ”, लेखकले भन्नुभयो, “अहिले बाँकी प्रक्रियागत काम अघि बढाउन हामी निरन्तर खटिएका छौँ ।”

उहाँले सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मुल्याङ्कनलगायतका काम भइसकेको जानकारी दिनुभयो । नेता लेखकले विकास र समृद्धिका लागि राजनीतिक दलबीच पनि हातोमालो आवश्यक छ भन्नुभयो । “राजनीति पद, मान र प्रतिष्ठाका लागि मात्र गरे त्यो क्षणिक हुन्छ ।” लेखकले भन्नुभयो, “मुलुकमा शान्ति, शुसासन र स्मृद्धि ल्याउने पार्टी कांग्रेस हो ।”

दोधारा चादँनीमा महाकाली नदी तटबन्ध निर्माण हुँदै दोधारा चादँनी झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुल बनिसकेको उहाँको भनाइ थियो । “अझै पनि तटबन्ध निर्माण, यहाँको शैक्षिक विकास र सडकलगायतका पूर्वाधार विकासका काम अघि बढेका छन् ।” उहाँले भन्नुभयो, “अब सुक्खा बन्दरगाह बन्दैन की भनेर आशङ्का नगर्नुुस् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.