जापानबिचित्र

मानवबाट पशु बन्ने अनौठो रहर : एक जापानी बने कुकुर, निस्किए पदयात्रामा (भिडियोसहित)

हरेक मानिसको चाहना हुन्छ अरुभन्दा श्रेष्ठ बन्नु, फरक हुनु र चर्चित रहनु । यस्तो चाहना पूरा गर्न कतिपय मानिसले कसैले अनुमान नै गर्न नसकेका कामहरु पनि गर्दछन् ।

जापानी बने कुकुर

अझ आश्चर्यको कुरा त यो छ कि, कतिपय मानिसलाई सृष्टिको सर्वश्रेष्ठ प्राणी हुनुभन्दा जनावर बन्ने रहर समेत पलाउँछ र आफूलाई सोही अनुरुप परिवर्तन गर्दछ ।

जापानमा यस्तै एक व्यक्तिले मानिसबाट पशु बनेर सबैलाई आश्चर्यचकित बनाएका छन् । सानै उमेरदेखि मानवभन्दा पशु बन्ने चाहनाराख्दै आएका एक जापानी नागरिकलले आफ्नो चाहना पूरा गरेका छन् ।

सानै उमेरदेखि नै कुकुर बन्न चाहने एक जापानी नागरिकले आफूलाई मानवबाट कुकुरमा रुपान्तरण गरेका छन् । यसका लागि उनले २० हजार अमेरिकी डलर खर्च गरेका थिए ।

हालै सार्वजनिक भएको एक समाचार विवरण अनुसार टोको (TOCO) नाम गरेका एक जापानी नागरिक कुकुर बन्न चाहन्थे, त्यसैले उनले २० हजार डलर खर्च गरेर मानव कुकुर बने । कुकुर बनेपछि उनी पहिलो पटक सार्वजनिक स्थानमा हिँडेको भिडियो बाहिरिएको छ ।

टोको

वास्तवमा, टिभी विज्ञापनहरू र फिल्महरूका लागि पोशाक बनाउँने जापानी कम्पनी जेप्पेट (Zeppet)ले लगभग ४० दिन लगाएर उनका लागि अति यथार्थवादी कुकुरको पोशाक बनाएको थियो । चार खुट्टामा हिड्ने वास्तविक कुकुरजस्तै देखिने कोली डगको शैलीमा यो पोशाक डिजाइन गरिएको कम्पनीका प्रवक्ताले बताए ।

महिनौंको तयारी र आत्मखोजीपछि उनले कुकुरमा रुपान्तरण भएपछि आफ्नो पहिलो सार्वजनिक पदयात्राको भिडियो बनाए सार्वजनिक गरे । जसले धेरै यात्रुहरूलाई स्तब्ध र अलमलमा पार्यो । भिडियोसँगै सबटाइटलमा लेखिएको छ– “म कोली बने, पशु बन्ने सपना पूरा भयो, जुन बाल्यकालदेखि देखेको थिएँ ।”

भिडियोमा टोकोलाई घाँटीमा पट्टी बाँधेर हिँड्न लगिएको देख्न सकिन्छ । मानव कुकुरले पार्कमा रहेका अन्य कुकुरहरूलाई सुँघ्छ र जनावर जस्तै भुइँमा लड्छ। टोकोलाई अन्य कुकुरहरु भन्दा ठुलो आकार र वजन भएको देखिएको छ । पार्कमा आउने अन्य कुकुरहरु टोकोसंग डराएको देख्न सकिन्छ ।

यो भिडियो एक वर्ष अगाडि खिचिएको तर हालै अपलोड गरिएको बताइएको छ । यो जर्मन टिभी स्टेशन आरटीएल (RTL) द्वारा एक अन्तर्वार्ताको भागको रूपमा शूट गरिएको थियो ।

मानव कुकुर बनेर सार्वजनिक पदयात्रा गरेको भिडियोलाई व्यक्तिले आफ्नो युट्युब च्यानल आइ वान्ट टु बी एन एनिमलमा सेयर गरेका छन्, जसलाई मिलियनभन्दा बढी पटक हेरिएको छ ।

उनको लगभग ४२ हजार युट्युब सदस्यहरूका लागि पछिल्लो अपडेटहरूमा, टोकोलाई बगैंचामा खेल्दै र खाना खोजिरहेको देखाइएको थियो।

गत वर्ष टोकोले डेली मेलसँग आफू मानव कुकुर बन्ने निर्णय किन गरेको भन्ने विषयमा कुरा गरेका थिए । सो कुराकानीमा उनले भनेका थिए, “म मेरो यो शोखको बारेमा मानिसहरूलाई थाहा नहोस् भन्ने चाहन्छु ।”

“अझ जो मसंग काम गर्दछन् उनीहरुबीच यो विषय गोप्यमै रहोस् । उनीहरूलाई लाग्छ कि म कुकुर बन्न चाहन्छु, त्यसैले म मेरो वास्तविक अनुहार देखाउन सक्दिन। “

उनले अघि भने, “उनीहरूलाई लाग्छ कि म कुकुर बन्न चाहन्छु, त्यसैले म मेरो वास्तविक अनुहार देखाउन सक्दिनँ । यो कुरा सुनेर मेरा साथीभाइ र परिवारका सदस्यहरू निकै छक्क परेका थिए ।”

भिडियो-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.