‘दाइची सान्क्यो’ बन्यो कोरोनाबिरुद्धको खोप बनाउने पहिलो जापानी कम्पनी
सूचना प्रविधि र विशेषज्ञहरुको कुनै अभाव नभए पनि जापानले अहिलेसम्म कोरोना भाइरसबिरुद्धको विदेशी खोपको प्रयोग गदैआएकोमा अब भने स्वदेशी खोपले मान्यता पाएको छ ।
जापानको अग्रणी औषधि उत्पादक कम्पनी ‘दाइची सान्क्यो’ले निर्माण गरेको कोरोना बिरुद्धको खोप त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रयोगको अनुमति दिएको छ ।
मन्त्रालयको विशेषज्ञ समितिले दाइची कम्पनीले उत्पादन गरेको कोरोना भाइरस बिरुद्धको खोपको सम्पूर्ण प्रक्रिया र प्रभावकारिताको परीक्षण पश्चात गत सोमबार प्रयोग अनुमति दिएको हो ।
जापानमा कोरोना भाइरसबिरुद्धको खोपले पहिलोपटक प्रयोग अनुमति पाएको हो । यसअघि जापानमा विदेशी फाइजर र मोर्डना प्रयोगमा आइरहेको थियो, जुन विदेशी उत्पादन हुन् ।
दाइची कम्पनीले खोप उत्पादन र परीक्षणपछि गत जनवरीमा नै प्रयोग अनुमतिका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको थियो ।
यो खोप कोरोना भाइरसको मुख्य प्रजातिलाई लक्षित गरी कृत्रिम रुपमा निर्माण गरिएको छ । खोपले मानव शरीरमा ‘स्पाइक प्रोटिन’को अंग बनेर प्रतिरक्षा बढाउने काम गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्