एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई बधाईसंगै कास्की-पोखरा समाजको बार्बेक्यू गर्ने
गण्डकी प्रदेशको कास्की जिल्लाबाट जापानमा आई विभिन्न पेशा, व्यवसायमा संलग्न कास्केलीहरुको साझा संगठन-कास्की पोखरा समाज जापानले यही अगस्ट ६ तारिकमा बार्बेक्यु कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम एनआरएनएका नवनिर्वाचित पाधिकारीलाई बधाई ज्ञापन गर्नुका साथै कास्कीबाट जापानमा आई बसोबास गर्ने सम्पूर्ण कस्केलीहरुबीचको सम्बन्ध पूनर्ताजगी गर्ने उद्देश्यले आयोजना गरेको समाजका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीले सोही सारोहमा गत जुलाई ३० तारिक सम्पन्न एनआरएनए जापानको निर्वाचन मार्फत नवनिर्वाचित कार्यसमिति र आईसिसी सदस्यहरुलाई बधाई समेत दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक बिसु भण्डारीले हरेक वर्ष झै यो वर्ष पनि बार्बेक्यु कार्यक्रम गरिएको हुँदा उत्साहजनक रुपमा सहभागि हुन जापानबासी सम्पूर्ण कस्केलीहरुलाई निमन्त्रणा गरिएको नेपाल जापान डटकमलाई जानकारी दिनुभयो । कार्यक्रम टोकियो नजिकै रहेको खासाइ रिन्काइ कोएनमा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्