राजनीति

अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको उल्लेख गर्नुभएको छ ।

प्रवक्ता डा महत

वीरगञ्जमा कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।”

उहाँले सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो भन्दै उहाँले खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत नबढ्ने बताउनुभयो ।

प्रवक्ता डा महतले कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कैरूपमा प्रस्तुत हुने सम्भावना टरेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ । तर कांग्रेस बैठक सधैँ लाइभ हुँदैन । हामी धेरै कर्मकाण्डी भएका छौँ, सिधै विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागतरूपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताबीचमा लिएर जानुपर्छ ।”

नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता डा महतले काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.