सप्तकोशीमा तीन दशकयताकै उच्च वहाव, ५६ वटै ढोका खोलियो
हरेक वर्षायाममा उच्च वहाव रहने सप्तकोशी नदीमा यस वर्ष पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । वहाव उच्च भएपछि सुनसरीस्थि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् । उहाँका अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो ।
सोमबार बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईका अनुसार ब्यरेजका सबै ढोका खोलिनुका साथै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जानकारी दिनुभएको छ ।
राईका अनुसार सोमबार बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । प्रमुख जिल्ला अधिकारी पाण्डेले वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्