‘३५ दिन कुर्दा एक क्वीन्टल सुन कति केजीमा झर्ने हो ?’
पूर्व प्रधानमन्त्री तथा प्रमुख पतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन ३ गते बरामद भएको एक क्वीन्टल सुन गाल्दा ६१ केजीमा झर्नु सुन गायब पार्ने षड्यन्त्र भएको बताउनुभएको छ ।
बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्यो भन्दै उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको दावी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “एमालेले आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद् अवरोध गरिरहेको छ । प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?”
अध्यक्ष ओलीले सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्दै त्यसको खोजी गर्नुपर्ने माग गर्दै अहिले पनि एयरपोर्टबाट दैनिक सुन बगिरहेको र अरु खुल्ला भन्सारको अवस्था झन् कस्तो होला भन्ने प्रश्न समेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्