एकाविहानै धारिलो हतियार बोकेर हिँड्ने एक नेपाली पक्राउ
जापान एक नेपाली युवा धारिलाे हतियार बाेकेर हिंडेकाे अवस्थामा पक्राउ परेका छन् । मियागी प्रान्तको सेन्दाईमा आओबा वार्डको कोकुबुन ३ मा बस्दै आएका २९ वर्षीय एक नेपाली धारिलो हतियार बोकेर हिँडेको अभियोगमा उनलाइ पक्राउ गरिएकाे हाे ।
यही अगस्ट १६ तारिख बिहान १२ सेन्टिमिटर लामो फलफूल काट्ने चक्कु बोकेर हिँडेको अभियोगमा सेन्दाईको सडकबाट प्रहरीले उनलाई पक्राउ गरिएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
पक्राउ पर्ने नेपालीको नाम भने सार्वजनिक गरिएको छैन । उनले १६ तारिख बिहान करिब ०:३० बजेतिर सेन्दाई शहरको आओबा वार्डनिर्मित नगरको सडकमा, लामो धार भएको फलफूल काट्न प्रयोग हुने चक्कु बोकेर हिँडेका थिए ।
प्रत्यक्षदर्शीले एक व्यक्ति शंकास्पद रुपमा हतियार बोकेर हिड्दुल गरिरहेको भनेर प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिले आफूसंग धारिलो हतियार रहेको स्विकार गरेको र उनले हतियार तरकारी काट्ने प्रयोजनका लागि बोकेको बताएका छन् ।
यदि, उनले हतियार गलत नियतले बोकेको पुष्टि भएमा जापानको (銃刀法違反-Swords and Firearms Control Law -1958) उल्लंघन गरेको अभियोगमा कारबाही हुनेछ । उक्त कानुनको दफा २२ अनुसार जापानमा ६ सेन्टीमिटर भन्दा लामो धार भएको चक्कु (असल नियत नै भए पनि व्यक्तिले आफुखुसी) बोक्न निषेध गरिएको र बोकेमा अधिकतम २ वर्ष जेल सजाय तथा ३ लाख येनसम्म जरिवाना या दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।
पक्राउ परेका व्यक्तिलाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखी यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया राख्नुहोस्