राजनीति

कांग्रेस नेता कार्कीको निधन

नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य कार्कीको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।

डा राजाराम कार्की

लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा कार्कीका छोरा डा अमितसिंह कार्कीले जानकारी दिनुभयो ।

धादिङ, नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी हुनुहुन्छ ।

स्वर्गीय कार्कीको पार्थिव शरीरलाई भोलि भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.